काठमाण्डाैमा हिजो भन्दा आज चिसो

 माघ १४, २०७७ बुधबार ८:०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा आज हिजोभन्दा चिसो छ । हिजो न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा आज दुई डिग्रीमा झरेको छ ।

राति आकाश सफा भएकाले बिहान चिसो भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । तराईमा पनि आज बाक्लो हुस्सु लागेको छ । पूर्वी तराईबाहेक अरु ठाउँमा लागेको हुस्सु दिउँसो हटेर घाम लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी तराईमा भने बेलुकीसम्मै हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । काठमाण्डौ उपत्यकामा अहिले लागेको हुस्सु पनि दिउँसोपख हट्नेछ । तराईमा दिनहुँ बाक्लो हुस्सु लागे पनि शीतलहर भने चलिनसकेको मौसमविद् श्रेष्ठले बताउनुभयो । ४८ घण्टासम्म लगातार हुस्सु लागेको अवस्थालाई मात्र शीतलहर भनिने मौसमविदको भनाइ छ ।

शीतलहर नचले पनि राम्रोसँग घाम नलाग्दा तराईको जनजीवन बढी कष्टकर भएको छ । बाक्लो हुस्सुकै कारण तराईमा हवाइ उडान पनि नियमित हुन सकेको छैन ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया