महिला लिगमा कुसुमकाे पनि ह्याट्रिक

 माघ १४, २०७७ बुधबार १८:३९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कुसुम खतिवडाकाे ह्याट्रिकको मदतमा विराटनर महानगरपालिका मोरङले काठमाण्डाैमा चलिरहेकाे राष्ट्रिय महिला लिगमा सुखद नतिजा निकालेको छ । 

ललितपुरमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा बुधबार सम्पन्न खेलमा विराटनरले चन्द्रपुरमाथि पाँच–शून्यको फराकिलो जित निकाल्दा टिमले प्रतियोगितामा पहिलो जित निकालेको हो । विराटनगरका लागि कुसुमले ह्याट्रिक गर्दा अनु राई र सरिता शेर्पाले एक/एक गोल गरे । 

कुसुमकाे ह्याट्रिकसँगै याे प्रतियोगितामा पाँचाैँ ह्याट्रिक भएको छ । एपीएफकी सावित्रा भण्डारीले दुई ह्याट्रिक गर्दा आर्मीकी विमला चौधरी र चन्द्रपुरकी सविता राना मगरले एक/एक ह्याट्रिक गरेका छन् ।
पहिलो हाफमा दुई गोल गरेको विराटनगरले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

यसअघि दुई खेलबाट विराटनगरले एक खेलमा बराबरी र एक खेल गुमाउन पुगेको थियो । पहिलो खेलमा विराटनगर वालिङसँग एक–एक को बराबरी र एपीएफसँग सात–शून्यले पराजित भएको थियो । तेस्रो खेलमा सुखद नतिजा निकालेको विराटनगरको अङ्क तालिकामा चार अङ्क भएको छ ।

उदयपुरको चौदण्डीगढीलाई अघिल्लो खेलमा सात–एक गोल अन्तरले पराजित गरेको चन्द्रपुर एपीएफसँग ६–० ले पराजित भएको थियो । बुधबारको पराजयसँगै चन्द्रपुरको तीन खेलबाट ३ अङ्क नै छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया