घरमा अवैध सुन र १७ लाख बढी रकम राख्ने एक जना पक्राउ

 माघ १५, २०७७ बिहिबार १२:३३:५४ | विमल बिष्ट
unn.prixa.net

डाेटी - जिल्ला प्रहरी कार्यालय डोटीले केआइसिंह गाउँपालिका–६ सलेनामा भारतबाट ल्याएको अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीकाअनुसार छोराले भारतबाट चोरी गरी ल्याएको सुन र नगद घरमा लुकाएर राख्ने काली भुललाई पक्राउ गरिएकाे हाे । 

उनकाे घरमा खानतलासी गरी एक किलो १०० ग्राम सुन तथा १७ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

भुललाई पनि पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, 'सुन र रकम ल्याउने व्यक्ति फरार छन्, घरमा भएकी आमालाई अनुसन्धानका लागि ल्याएका छौँ, यसबारे विस्तृत अनुसन्धान सुरु भएको छ ।' 

सुन अन्य व्यक्तिले पनि बाँडेर लगेको भन्ने खबर पाएकाे र संलग्न अन्य व्यक्तिकाे खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया