देशभर ‘ड्राइ कोल्ड’, मौसमविद् भन्छन् : पानी पर्ने सम्भावना अझै छैन

 माघ १६, २०७७ शुक्रबार ७:४३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समयमा पानी नपर्दा ‘ड्राइ कोल्ड’ अर्थात् सुख्खा चिसो बढेको छ ।

अहिले देशभर चिसो बढे पनि पानी नपर्दा प्रदूषणका कारण मौसम धुम्मिने गरेको छ ।

पहाडी क्षेत्रमा घाम लागे पनि वायुमण्डलमा प्रदूषण थुप्रिँदा सूर्यका किरण पर्याप्त मात्रामा पृथ्वीमा पर्न पाएको छैन । यसले गर्दा जमिन तात्न नपाएको र चिसो बढेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

पानी नपरेसम्म मौसम यस्तै रहने पनि उहाँले बताउनुभयो । मौसमविद्ले यसपालि खासै पानी पर्ने सम्भावना नरहेको बताएकाले प्रदूषणसँगै स्वास्थ्य समस्या र कृषिमा नोक्सानी पुग्न सक्ने अनुमान गरिएको छ । यसपालि हिमाली जिल्लामा पनि पर्याप्त हिमपात भएको छैन ।

यसले हिउँबाटै सिँचाइ हुने कृषि र बहुमूल्य जडिबुटीको उत्पादनमा कमी आउने देखिएको छ । पानी पार्ने गरी पश्चिमी वायुको प्रणाली प्रवेश नगर्दा अहिले चिसो हावा मात्रै लाग्ने गरेको छ । यस्तै, आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो ३ बजेदेखि भने तराईका जिल्लामा लागेको हुस्सु हट्दै जाने तर राति फेरि लाग्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । आज काठमाण्डाैको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेकाे छ।  

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया