चर्च ब्वाइजलाई हराउँदै एनआरटीले जित्यो ‘बुढासुब्बा गोल्डकप’को ...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या तीन हजार भन्दा तल झरेको छ । नयाँ सङ्क्रमण पुष्टि हुनेको संख्या कम र निको हुनेको सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो ।
अहिले नेपालमा दुई हजार सात सय ७९ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये एक सय ४४ जना आईसीयू र २५ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । बाँकी आइसोलेशनमा रहेका छन् । पछिल्लो २४ घण्टामा तीन सय ५० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ६६ हजार ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार छ सय १८ जनाको पीसीआर परिक्षण गर्दा एक सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार आठ सय ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार २७ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।