घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
अस्ट्रेलियाका वैज्ञानिकहरूले 'इन भिट्रो फर्टिलाइजेसन' (आईभीएफ) मार्फत पहिलो पटक कङ्गारुको भ्रूण उत्पादन गरेका छन् । क्वीन्सल्याण्ड विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले आईभीएफमार्फत कङ्गारुको भ्रूण उत्पादन गरेका र यो सफलताले अन्य प्रजातिहरूलाई लोप हुनबाट बचाउन मद्दत गर्नसक्ने बीबीसीले जनाएको छ ।
दुर्लभ मार्सुपियलहरूका लागि भविष्यमा आईभीएफ प्रयोग गर्ने लक्ष्यका साथ वैज्ञानिकहरूले पूर्वी खैरो कङ्गारुहरूमा यो प्रविधि प्रयोग गरेका थिए ।
अस्ट्रेलिया विश्वकै सबैभन्दा विविध मार्सुपियल जीवजन्तुहरूको घर भएको तर स्तनपायी विलुप्त हुने दर पनि सबैभन्दा बढी रहेको प्रमुख अनुसन्धानकर्ता आन्द्रेस गाम्बिनीले बताउनुभएको छ । आफूहरूको अन्तिम लक्ष्य लोपोन्मुख मार्सुपियल प्रजातिहरूको संरक्षणमा सहयोग गर्नु रहेको प्रमुख अनुसन्धानकर्ता आन्द्रेसको भनाइ छ । वैज्ञानिकहरूले एकल शुक्राणुलाई सिधै परिपक्व अण्डामा प्रवेश गराउने प्रविधिद्वारा भ्रूण उत्पादन गरेका खबरमा उल्लेख छ ।
अस्ट्रेलियामा पूर्वी खैरो कङ्गारुहरूको सङ्ख्या धेरै भएकाले वैज्ञानिकहरूले घरेलु जनावर र मानिसहरूमा पहिले नै प्रयोग गरिएका भ्रूण प्रविधिहरूलाई अनुकूल बनाउने मोडेलका रूपमा प्रयोग गर्न तिनका अण्डा र शुक्राणु सङ्कलन गरेका थिए । अहिले वैज्ञानिकहरूले मार्सुपियल अण्डा र शुक्राणु सङ्कलन, सम्वर्द्धन र संरक्षण गर्ने प्रविधिहरू परिष्कृत गरिरहेका छन् ।
उचित सहकार्य, कोष र प्राविधिक प्रगतिका साथ एक दशकभित्र आईभीएफ सहायता प्राप्त मार्सुपियल जन्म सम्भव हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अस्ट्रेलियामा कङ्गारुको कुल सङ्ख्या करोडौं छ तर केही अन्य मार्सुपियल प्रजाति धेरै नै जोखिममा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।