रिट निवेदकको बहस सकियो, ६३ जना अधिवक्ता सहभागी, साेमवारदेखि रिटको विपक्षमा बहस

 माघ १८, २०७७ आइतबार १७:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदकका तर्फबाट हुने बहस सकिएको छ । विघटनको विरुद्धमा परेका १३ वटा रिट निवेदकको तर्फबाट हुने बहस आइतबार (आज) सकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले उज्यालोलाई जानकारी दिनुभयो । 

गएकाे माघ ४ गतेदेखि संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस सुरु भएको थियो । यस बहसमा ६३ जना अधिवक्ताले भाग लिएका पनि सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । 

अब सर्वाेच्चमा साेमवार (भोलि) देखि रिटको विपक्ष अर्थात् प्रतिनिधि सभा विघटनको पक्षमा अधिवक्ताको बहस सुरु हुनेछ । यसमा महान्यायाधिवक्ता, प्रधानमन्त्री ओलीका कानुन व्यवसायी र सभामुख अग्नि सापकोटाको तर्फबाट समेत बहस हुनेछ । रिटको विपक्षमा झण्डै ७० जनाले बहस गर्ने पनि ढकालले बताउनुभयो । 

रिटको पक्षमा अर्थात् प्रधानमन्त्रीको कदम संविधान विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापा, संविधानविद् चन्द्रकान्त ज्ञवाली, अधिवक्ता टीकाराम भट्टराई, ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले बहस गरेका छन् । 

बहसमा सहभागी ६३ जना अधिवक्ताले पार्टीको विवाद मिलाउन नसकेर त्यसको रिस प्रधानमन्त्रीले प्रतिनिधि सभामाथि फेरेको आरोप लगाएका थिए । उनीहरूले संविधानले सरकार बनिसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको कल्पना पनि नगरेकाले प्रतिनिधि सभा पुनर्स्थापना हुनैपर्ने माग राख्दै आएका छन् । 

रिटको पक्षमा आइतवार भएको अन्तिम दिनको बहसमा १२ जना अधिवक्ताले भाग लिएका थिए । देश नै बर्बादीतर्फ गएको जस्तो गरेर प्रधानमन्त्रीले ताजा जनादेशको जिकिर गरिरहेको भन्दै अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्रीलाई संसद, कर्मचारी, नागरिक सबैको साथ रहँदा–रहँदै पनि सनकको भरमा प्रतिनिधि सभा विघटन गरेको दाबी गर्नुभयो ।

सरकार बनिसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको कुरा संविधानमा कल्पना पनि नगरिएकाले यसको पुनर्स्थापना हुनैपर्ने अधिवक्ता अधिकारीको भनाइ छ ।  

अर्का अधिवक्ता कीर्तिनाथ पौडेल र खिमानन्द अधिकारीले प्रधानमन्त्रीको दलभित्र समस्या देखियो भन्दैमा प्रतिनिधि सभा नै विघटन गर्नु अत्यन्तै गैर–संवैधानिक कदम भएको बताउनुभएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया