च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – प्रतिनिधि सभा विघटनको विरोधमा समाजका विभिन्न क्षेत्रका व्यक्तिले सिर्जनात्मक रूपमा प्रदर्शन गरेका छन् ।
आइतबार काठमाण्डाैकाे सिफलमा समाजका विभिन्न क्षेत्रका व्यक्तिले प्रतिनिधि सभा विघटनको विरोधमा आफ्नो कला तथा सिर्जनाको माध्यमबाट विरोध प्रदर्शन गरेका हुन् ।
‘प्रतिगमनका विरुद्ध बृहत् नागरिक आन्दोलन’ नाम दिइएको आन्दोलनमा साहित्यकार, लेखक, पत्रकार, प्राध्यापक, गीत सङ्गीतका स्रष्टा, विद्यार्थीलगायत नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कविता वाचन तथा साङ्गीतिक प्रस्तुति राखिएको थियो ।
शिक्षाविद् केदारभक्त माथेमाले सरकारले संवैधानिक अङ्गहरूमाथि हस्तक्षेप गरेकाले हस्तक्षेप बन्द गर्नुपर्ने बताउनुभयो ।
सरकारले विश्वविद्यालयलगायत राज्यका कुनै पनि निकायमा राजनीतिक हस्तक्षेप गर्न नहुने, सङ्घीयताप्रति सरकारको प्रतिबद्धता हुनुपर्ने र समाजवादको प्रतिबद्धता हुनुपर्ने उहाँको भनाइ छ ।
लेखक खगेन्द्र सङ्ग्रौलाले नागरिक आन्दोलनको मर्म प्रतिनिधि सभा पुनर्स्थापना र संविधानको रक्षा गर्नु मात्रै नभएर संविधान संशोधन गराउनेसम्म रहेको बताउनुभयो ।
नागरिक आन्दोलनको शक्ति बढ्दै गएमा संविधान पुनर्लेखनकाे माग आफूहरूको रहेको उहाँको भनाइ छ ।
नागरिक आन्दोलनमा समसामयिक राजनीतिक परिवेशसँग सम्बन्धित कार्टुन तथा प्लेकार्डहरू पनि प्रदर्शन गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।