भारतको आर्थिक वर्ष २०२१–२२ को बजेट सार्वजनिक

स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशत बढ्यो, एक सयभन्दा धेरै देशलाई कोरोनाविरुद्धको खोप दिने योजना

 माघ १९, २०७७ सोमबार १५:१०:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतले स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशतले बढाएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आउँदाे आर्थिक वर्ष २०२१–२२ को बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशत बढाएको जानकारी दिएकी हुन् । आउँदाे आर्थिक वर्षका लागि भारतको स्वास्थ्य क्षेत्रको बजेट २२ खर्ब ३८ अर्ब ४६ करोड पुगेको छ । 

भारतले एक सयभन्दा बढी देशलाई खोप दिने घोषणा गर्दै खोपका लागि तीन खर्ब ५० अर्ब भारतीय रुपैयाँ छुट्याएको छ । 

यस्तै भारतले वायु प्रदूषण नियन्त्रणका लागि २२ अर्ब १७ करोड भारतीय रुपैयाँ छुट्याइएको छ । भारतले बीमा कम्पनीमा वैदेशिक लगानीको सीमा ४९ प्रतिशतबाट बढाउँदै ७४ प्रतिशत पुर्‍याउने बताएको छ ।

भारतीय बीमा कम्पनीको आईपीओ आउँदाे आर्थिक वर्ष जारी गर्ने बजेटमा उल्लेख छ । साथै ७५ वर्षभन्दा माथिका मानिसलाई करमा पूर्णतया छुट दिएको छ ।

त्यस्तै भारतले सन् २०२२ सम्म किसानहरूको आम्दानी दोब्बर बनाउने महत्त्वाकाङ्क्षी योजनासमेत बजेटमार्फत सार्वजनिक गरेको छ । 

भारतमा पहिलो पटक सांसदहरूलाई बजेटको डिजिटल कपी बाँडेर ट्याबलेटबाट बजेट पेस भएको छ ।    

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया