भारतले नेपाललाई दिने अनुदान बढायाे

 माघ १९, २०७७ सोमबार १९:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतले आउँदाे आर्थिक वर्ष २०२१–२२ मा नेपाललाई नाै अर्ब ९२ करोड भारु अर्थात् १५ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने भएको छ ।

भारत सरकारले साेमवार आउँदाे आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नेपाललाई दिने सहयोग अनुदानबारेमा जानकारी गराएको हो । बजेटमा नेपालसहित १० वटा देशहरूमा ६२ अर्ब ५१ करोड भारतीय रूपैयाँ अनुदान दिने उल्लेख छ ।

भारतले अघिल्लो आर्थिक वर्ष नेपाललाई आठ अर्ब भारतीय रुपैयाँ अनुदान दिएको थियो ।  

भारतले आउँदाे वर्षकाे बजेटमा स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशतले बढाएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आउँदाे आर्थिक वर्ष २०२१–२२ को बजेट सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रको बजेट एक सय ३७ प्रतिशत बढाएको जानकारी दिएकी हुन् । आउँदाे आर्थिक वर्षका लागि भारतको स्वास्थ्य क्षेत्रको बजेट २२ खर्ब ३८ अर्ब ४६ करोड पुगेको छ । 

भारतले एक सयभन्दा बढी देशलाई खोप दिने घोषणा गर्दै खोपका लागि तीन खर्ब ५० अर्ब भारतीय रुपैयाँ छुट्याएको छ ।  

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया