आज तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने

 माघ २१, २०७७ बुधबार ८:२६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । नेपालमा भोलि प्रवेश गर्ने पश्चिमी वायुको प्रभाव पछि भने तराईका जिल्लामा हुस्सु कुहिरो हट्दै जाने अनुमान गरिएको उहाँले बताउनुभयो ।

आज बेलुका पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रको मौसम बद्ली हुने सम्भावना छ । पश्चिमका धेरै ठाउँमा भोलि पानी पर्ने र देशका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव आउँदो शनिबारदेखि कमजोर हुँदै जाने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया