प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – म्यानमारमा भएको सैन्य 'कू' को निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले निकाल्न लागेको वक्तव्य चीनले रोकिदिएको छ । राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा चीनको समर्थन नभएपछि संयुक्त वक्तव्य निकाल्न असफल भएको बीबीसीले जनाएको छ ।
म्यानमारको सेनाले सोमवार आङ साङ सू ची र अन्य नेताहरूलाई पक्राउ गरि शासन सत्ता कब्जा गरेको थियो । म्यानमारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेपछि राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठक बसेको हो । सुरक्षा परिषदको स्थायी सदस्यका रूपमा चीनसँग भिटो शक्ति रहेकाले संयुक्त वक्तव्यका लागि चीनको सहमति चाहिन्छ ।
चीनले म्यानमारमा प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबले अवस्था झनै बिग्रने बताएको खबरमा उल्लेख छ । सेनाको कदमविरुद्ध म्यानमारमा पनि प्रदर्शनहरू भएका छन् तर सुरक्षा व्यवस्था अति नै कडा भएकाले अवस्था सेनाको पूर्ण नियन्त्रणमा रहेको बताइएकाे छ ।
गएको नोभेम्बर ८ मा भएको चुनावमा सू चीको पार्टी अत्यधिक बहुमत ल्याएर विजयी भएको थियो । तर चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिन बिहानै सत्ता कब्जा गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।