फ्रि भिसा फ्रि टिकट भनाइमै सीमित, कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 माघ २१, २०७७ बुधबार १५:१९:२९

काठमाण्डौ – फ्रि भिसा फ्रि टिकट नियम पूर्णरुपमा कार्यान्वयनको माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत प्रधानमन्त्रीको कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रम विभागमा ज्ञापनपत्र बुझाएको छ ।

वैदेशिक रोजगार व्यवसायीबाट भइरहेको ठगी नियन्त्रण गर्न, बीमाको नाममा भइरहेको ठगी रोक्न, कोभिड १९ तथा अन्य कारणले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेकालाई उद्धार गर्न, र विदेशमा मृत्यु भएकाहरुको शव तत्काल नेपाल ल्याउन माग गर्दै केन्द्रले ५ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीका राम प्रमोद यादवले आफू आप्रवासी हकहित संरक्षण केन्द्रको मागहरुप्रति सकारात्मक रहेको र यसको कार्यान्वयनका लागि सम्बन्धित निकायमा पहल गर्ने बताउनुभएको छ ।

आप्रवासी हकहित संरक्षण केन्द्र सर्लाहीले सुरक्षित वैदेशिक रोजगारीको लागि विभिन्न समयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया