चुनाव गराउन आयोगले माग्यो ७ अर्ब ७ करोड रुपैयाँ बजेट

 माघ २१, २०७७ बुधबार १८:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो वैशाखमा घोषणा भएको चुनावका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब सात करोड ९४ लाख रुपैयाँ बजेट माग गरेको छ । 

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७७ र निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सात अर्ब सात करोड ९४ लाख रुपैयाँ निकासाका लागि  अर्थ मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिएको छ । 

कोरोना महामारीको समयमा चुनाव सञ्चालन र व्यवस्थापन गर्नुपरेको हुँदा खर्च धेरै लाग्ने भए पनि विगतका चुनावमा भएका खर्चभन्दा मितव्ययी हुने गरि चुनावको तयारी गरिएको आयोगले जनाएको छ । यसअघि अर्थमन्त्री विष्णु पौडेलसँग भएको छलफललाई आधार मानेर चुनाव सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यहरूका लागि मात्र बजेट माग गरिएको आयोगले जनाएको छ । 

विगतका चुनावमा प्रयोग गरि अहिले मौज्दातमा रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरि प्रयोग गर्ने व्यवस्था गरिएकाले नयाँ सामग्री, उपकरण र गाडी खरिद गर्ने रकम बजेटमा समावेश गरिएको छैन । 

आयोगले कोरोना महामारीबाट बच्ने सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरेको छ ।  

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया