अवहेलना मुद्दामा आफै उपस्थित भएर जवाफ दिन प्रचण्डलाई सर्वोच्चको आदेश

 माघ २१, २०७७ बुधबार १८:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतको विषयमा विराटनगरको आमसभामा बोलेका विषयमा सात दिनभित्र आफै लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो । 

प्रचण्डले विराटनगरको आमसभामा अदालतले केपी ओलीको निरङ्कुश कदमलाई साथ दिएमा लाखौँ नागरिक सडकमा उतार्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँको अभिव्यक्तिविरुद्ध अधिवक्ता समीर हायूले सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो । 

सर्वोच्चले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशलाई पनि अवहेलना मुद्दामा आफै उपस्थित हुन आदेश दिएको थियो ।   

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया