नवाैँ मिनटकाे गाेल निर्णायक बन्दा पुलिस विराटनगरसँग पराजित

 माघ २१, २०७७ बुधबार १८:३०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पार्वती घलेले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ । 

ललितपुरकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा भएको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा विराटनगर तालिकाको तेस्रो ठाउँमा उक्लिएको छ । विराटनगरले ६ खेलबाट १० अङ्क जोडेर तालिकामा स्थान सुधार गरेको हो । पराजित पुलिस भने दुई अङ्क पछि पर्दै चौथो स्थानमा झरेको छ ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौँ मिनेटमा पार्वती घलेको गोलबाट अग्रता लिएको थियो । डिफेन्डरको गल्तीको फाइदा उठाउँदै लिएको अग्रतालाई विराटनगरले अन्तिमसम्म कायम राखेर खेल पस्किँदा लिगमा तेस्रो जित निकाल्न सफल भएको हो ।

पुलिसले पछि परेको अवस्थामा एकपछि अर्को काउन्टर प्रहार गरे पनि विराटनगर महानगरपालिकाको रक्षापङ्क्तिले उत्कृष्ट खेल देखाउन सक्यो । दोस्रो हाफको अन्तिम मिनेटतिर पुलिसले दबाब दिँदै खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र विराटनरलाई नजिता सुम्पिन बाध्य बन्यो । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया