सशस्त्र द्वन्द्वका कमाण्डरहरूलाई उपराष्ट्रपति, सभामुख र मन्त्री बनाएँ : प्रचण्ड

 माघ २१, २०७७ बुधबार १८:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्ने गरि विशेष प्रदेश कमिटी बनाउने बताउनुभएको छ । 

बुधवार बर्हिगमन भएका जनमुक्ति सेना नेपाल केन्द्रीय सङ्घर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बर्हिगमित तथा स्वेच्छिक अवकाशमा परेका पूर्व जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्ने गरि विशेष प्रदेश कमिटी बनाउने बताउनुभएको हो ।

उहाँले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनक रूपमा समायोजन गर्ने नीतिगत निर्णय आफूले गरेको भए पनि तल्लो तहसम्म उचित जिम्मेवारी पाएकाे/नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मालोचनासमेत गर्नुभयो । अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा सशस्त्र द्वन्द्वका कमाण्डरहरूलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि स्मरण गराउनुभयो ।

अध्यक्ष प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भए पनि त्याे निर्णय लुकाइएको बताउनुभयो ।

उहाँले सशस्त्र द्वन्द्वका घाइतेहरूलाई उपचार खर्च बढाउन, जनजीविकाका लागि राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरे पनि अस्वीकार गरेको पनि बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उहाँले भ्रममा नपर्न आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले सबै बर्हिगमित जनमुक्ति सेनालाई एकै ठाउँमा ल्याउनुपर्ने धारणा राख्नुभयो । केही महिनाभित्रै प्रतिगमनविरुद्धकाे आन्दोलन जित्ने र जितपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पूरा गर्ने भएकाले नआत्तिन आग्रहसमेत गर्नुभयो । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया