सरकार ‘संविधान विखण्डित गर्ने यात्रा’ मा अघि बढेकाे छ : कांग्रेस

 माघ २१, २०७७ बुधबार १९:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले संसदीय सुनुवाइ विना नै संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुलाई सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको शृङ्खला’ को संज्ञा दिएको छ । 

कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बुधवारको कुराकानीमा सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध घनीभूत रूपमा सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । एकपछि अर्को संवैधानिक व्यवस्थालाई उल्लङ्घन गरेर सरकार ‘संविधानलाई विखण्डित गर्ने यात्रा’ मा अघि बढेको प्रतिक्रिया दिनुभयो ।

उहाँले संवैधानिक परिषद्सम्बन्धी विश्वव्यापी व्यवस्थालाई उल्लङ्घन गर्दै अध्यादेश ल्याउँदा नै आफूहरूले असहमति जनाएको र अध्यादेश फिर्ता नगरिकन हुने कुनै पनि बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको सहभागिता नरहने कुरा निर्णयका साथ गरेको स्मरण गर्दै सरकारले पार्टीभित्रको आन्तरिक द्वन्द्व र दुई तिहाईको दम्भका कारण संविधानलाई विखण्डित गर्ने काम गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसदीय सुनुवाइपछि मात्रै नियुक्तिको प्रक्रियालाई पूर्णता दिइने भन्ने हाम्रो संवैधानिक मर्म छ । त्यस प्रकारको व्यवस्था प्रष्ट छ । तर त्यो केही पनि नगरिकन आज एकाएक शपथ ग्रहण भयो । शपथ ग्रहण समारोह उपराष्ट्रपति स्वयंले बहिष्कार गर्नुपर्ने, सभामुखको अनुपस्थित रहने, प्रमुख प्रतिपक्षी नेताको त स्वभाविक रूपमा अनुपस्थिति रहने भो । यो स्थिति जन्मनुको पछाडि दुई वटा कुराले प्रधान रूपमा काम गर्‍यो । एकातर्फ उहाँहरूसँग रहेको भनिएको दुई तिहाईको दम्भ र अर्कोतर्फ उहाँहरूको द्वन्द्वका कारणले आज संविधानलाई नै विखण्डित गर्ने प्रकारको यात्रा उहाँहरूले अगाडि बढाउनुभएको छ ।’ 
 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया