सरकारले दिएको पैसामा आफ्नो पैसा थपेर पनि घर बनाउन सकिने व्यवस्था मिलाइदिनुस् : मन्त्री साह

 माघ २१, २०७७ बुधबार २०:२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहरी विकास मन्त्री प्रभु साहले नागरिक आवास कार्यक्रमको अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ । बुधवार सहरी विकास मन्त्रालयले आयोजना गरेको जनता आवास कार्यक्रमसम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री साहले जनता आवास कार्यक्रमको अवस्था चिन्ताजनक रहेको बताउनुभएको हो ।

मन्त्रालयले बुधवार सात वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिवहरूलगायतका सरोकारवालाहरूसँग जनता आवास कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रम राखेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री साहले जनता आवास कार्यक्रममा प्रदेश सरकारको काम गराइले निराश बनाएको बताउनुभयो । गरिबको घर भत्काएर बनाउन वर्षाैँ लगाउने, कति ठाउँमा घर भत्काउने तर बनाउने योजना नै नराख्ने पाइएकोले सङ्घ सरकारले जनता आवास कार्यक्रमको प्रभावकारितामा गम्भीर ढङ्गले सोच्ने बेला आएको बताउनुभयो । कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने भन्दै उहाँले पहिले निर्माणाधीन घरहरू निर्माण सकेर नयाँ योजनाबाट काम सुरु गर्नुपर्ने बताउनुभयो ।

मन्त्री साहले सरकारले दिएको पैसामा आफ्नो पैसा थप गरेर पनि घर बनाउन सकिने व्यवस्था मिलाइदिन निर्देशनसमेत दिनुभयो । भत्काइएका घरसमेत निर्माण सम्पन्न हुन नसकेको असन्तुष्टि जनाउँदै उहाँले निर्माणाधीन घर निर्माण सम्पन्न गर्ने पहिलो प्राथमिकता बनाउन पनि सुझाव दिनुभयो ।

मन्त्री साहले जनता आवास कार्यक्रमका लागि पैसाको कुनै कमी नहुने पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया