जनकपुरमा प्रहरीले गोली चलायो, नेता रामचन्द्र झासहित ११ जना घाइते

 माघ २२, २०७७ बिहीबार १४:२२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

धनुषा – धनुषाको शिवचोकमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको छ । शिवचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो । त्यसै क्रममा झडप भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले उज्यालोलाई जानकारी दिनुभयो ।

बन्दकर्ताले प्रहरीकै गाडीमा तोडफोड गरेपछि गोली चलाउनुपरेको जनकपुरका एसपी प्रकाश रानाभाटले उज्यालोलाई जानकारी दिनुभयो । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर, अश्रुग्यास र गोली चलाएको एसपी रानाभाटले बताउनुभयो ।

तर प्रहरीको गोली कसैलाई पनि नलागेको र लाठीचार्जका क्रममा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना घाइते भएका उहाँले बताउनुभयो । झडपमा केही प्रहरी पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया