देशलाई संविधानअनुसार हिँडाउन आम हड्ताल गरिएकाे हाे : शशी श्रेष्ठ

 माघ २२, २०७७ बिहीबार १४:५०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहकी नेतृ शशी श्रेष्ठले देशलाई संविधानसम्मत ढङ्गले अगाडि हिँडाउनका लागि आम हड्ताल गरिएको बताउनुभएको छ । 

नेतृ श्रेष्ठले नेकपाकाे आफ्नाे समूहले गरेको आम हड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै देशलाई संविधानसम्मत ढङ्गले अगाडि हिँडाउनको लागि आम हड्तालको आह्वान गरिएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरङ्कुशताबाट बचाउनुपर्ने अवस्था आएको पनि बताउनुभयो ।

नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरूलाई गैर–संवैधानिक हिसाबले नियुक्ति गरि संविधानलाई अर्को चुनौती दिएको बताउनुभयो । संविधानअनुरूप देश नचले देश ठूलो दुर्घटनामा जाने र समाज विभक्त भइ द्वन्द्वमा जाने भन्दै उहाँले दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानुपर्ने बताउनुभयाे । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया