स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहले आह्वान गरेको नेपाल बन्दको विरुद्धमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । विवेकशील साझा पार्टीको अभियान विभागले बन्द/हड्तालको संस्कारविरुद्ध प्रदर्शन गरेको हो ।
विवेकशील साझा पार्टीले गएकाे १० वर्षदेखि कुनै पनि पार्टीले बन्दको आह्वान गर्दा त्यसकाे विरोध गर्दै आएको छ ।
विवेकशील साझाका अभियन्ताहरूले बन्दले देश बन्दैन, नेपाल खुला छ, गरि खान देऊ जस्ता नारा लेखिएका पम्प्लेट बोकेका थिए ।
प्रदर्शनको क्रममा बोल्दै पार्टी संयोजक मिलन पाण्डेले भन्नुभयाे, विवेकशील साझा पार्टी आफ्ना राजनीतिक उपादेयताका लागि यस्ता कुसंस्कारगत आपराधिक अभ्यासको सहारा कहिल्यै लिने छैन, नागरिकको मौलिक हक, अधिकार सुरक्षण तथा सुसंस्कृत राजनीतिक अभ्यासका पक्षमा विवेकशील साझा आम नेपालीसँगै अग्रपङ्क्तिमा उभिनेछ ।
नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार र आम जनजीवन प्रतिकूल हुने गरि आह्वान हुने बन्द/हड्तालका अलोकतान्त्रिक अराजक कार्यक्रमहरूको विवेकशील साझाले प्रतिरोध गर्ने पार्टीका नेताहरूले बताए।
परम्परागत राजनीतिक दलहरूले यस्तो कुसंस्कारको जगेर्ना गर्न नछाड्ने नै हो भने आम सर्वसाधारण, पेसाकर्मी तथा व्यापार-व्यवसायीले स्वतःस्फूर्त नागरिक अवज्ञा आन्दोलनमा उत्रने छन्, पार्टीको अभियान विभाग प्रमुख प्रमेश श्रेष्ठले भन्नुभयाे ।
नागरिकलाई दुःख दिने बन्द/हड्दाल जस्ता अराजक कार्यमा साथ दिन नसकिने विवेकशील साझाले स्पष्ट पारेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।