‘सानदार बहुमत ल्याउनुपर्छ, ३ करोड मान्छेमा २/४ जना जाँदैमा पार्टी फुट्याे ? : प्रधानमन्त्री ओली

 माघ २२, २०७७ बिहिबार १७:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढङ्गले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

बिहीवार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छाडेर जाँदैमा आत्तिनुनपर्ने भन्दै कार्यकर्तालाई ढाडस दिनुभएको हो । आउँदो चुनावमा बहुमत ल्याउँछौ भन्ने मनोबल साथ अघि बढ्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सानदार बहुमत ल्याउनुपर्छ । कसैले ठान्ला पार्टी फुटेको छ, कसरी बहुमत ल्याउँछ ? ३ करोड मान्छेमा दुई/चार जना जाँदैमा पार्टी फुट्यो ? आत्तिनुपर्दैन । मनोबल गिराउनुपर्दैन । हामी जित्न सक्छौँ । हामीले जित्नुपर्छ र हामीले जित्छौँ । यो मनोबलका साथ अगाडि जान अनुरोध गर्दछु ।’ 

प्रधानमन्त्री ओलीले विवाद गर्ने र झगडा गर्नेहरूले पार्टी छाडेकाले अब आउँदा दिनमा पार्टी आन्तरिक शुद्धीकरणसहित सुदृढ हुँदै अघि बढ्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विवाद गर्नेहरू, झगडा गर्नेहरू, झगडा गर्ने बानी परेकाहरू, मुद्धा लड्ने बानी परेका, सिँगौरी खेल्ने बानी परेका, भुइँ खोस्रिने बानी परेका, गालीगलौज गर्ने बानी परेका, मुख छाड्ने बानी परेका, जहिले जहाँ पुगे पनि निहुँ खोज्ने बानी परेका हटे । अब आन्दोलनलाई एकजुट बनाएर लाने हो । मै हुँ भन्ने केहीले पार्टी छाड्दैमा यो आन्दोलन समाप्त हुँदैन । अझ बलियो भएर जान्छ । अझै शुद्धीकरण र सुदृढीकरण भएर जान्छ ।’   

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Raju Pokhrel

    Feb. 4, 2021, 5:42 p.m.

    २/४ जना गएका हैनन् स्वल्पतन्त्र पार्टीमा २/४ जना रहेका हुन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया