‘बन्द गरेर नागरिकलाई दुःख दिए अनि गाडीमा चढेर तमासा हेर्दै हिँडेछन्’

‘प्रचण्डजी संविधान मान्दिनँ कानुन मान्दिनँ भन्दै उपद्रो मच्चाएर हिँड्ने दिन गए’

 माघ २२, २०७७ बिहिबार १७:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाललाई अनावश्यक रूपमा हप्की–दप्की नगर्न र कानुनको पालना गर्न सुझाव दिनुभयो । प्रचण्ड–माधव समूह आक्रामक ढङ्गले अघि बढेको तथा नियम तोड्ने धाकधक्कु लगाउने र कानुन मान्दिनँ भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिँदै हिँडेको उल्लेख गर्दै उहाँले अब  ‘कानून मान्दिनँ’ भन्ने जमाना नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, कानुनको पालना गर्नुहोस्, हप्की–दप्की गर्ने होइन । कानुनको पालना गर्न सिक्नुहोस् । लोकतन्त्र भनेको कानुनको राज हो । बलमिच्याँइको राज होइन । प्रचण्डलाई म सम्झाउन चाहन्छु । ती दिन गए जति बेला तपाईँ संविधान मान्दिनँ, कानुन मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्नुभएको थियो । त्यो जमाना गयो । अब कानुनको पालना गर्नुहोस् । अदालतलाई, निर्वाचन आयोगलाई धम्क्याएको छ । हामी यहाँ छौ भनेर ।’ 

आम हड्ताल आह्वान गरेर प्रचण्ड–माधव समूहले नागरिकलाई दुःख दिएको र आफूहरु चाहिँ गाडी र मोटरसाइकलबाट नागरिकले पाएको दुःखको तमासा हेर्दै हिँडेको बताउनुभयो । उहाँले कार्यकर्ता नभएर नेताहरू आफै सडकमा उत्रिएको भन्दै व्यङ्ग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बाटाका छेउमा ल्याएर बेचिराखेको तरकारी सडकभरि फ्याँकेर क्रान्तिकारिता देखाउनुभयो । अरूका गाडी जलाउनु भो, आफू गाडी सयर भएर तमासा हेर्दै नागरिकले कति दुःख पाएका छन् हँ भनेर ? गाडी चढेर तमासा हेर्दै हिँड्नुभयो । अर्को गाडी चढ्न अलि भएन, आफैले बन्द गर्‍या गाडी नै त नचढुँ भनेर बाइकसम्म त हुन्छ भने र बाइक लिएर हिँड्दै नागरिकले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो । कार्यकर्ता सिद्धिएछन्, कार्यकर्ता यता छन्, कहाँबाट होस् त उता । कार्यकर्ता सिद्धिएछन् अनि आफै हामी यहाँ छौ भन्ने एउटा टाँस्यो अनि गाडी रोक भनेर को उभिएको छ भनेर हेरेको त प्रचण्ड उभिइराखेको । उभिएको कस्तो ठाउँमा फेरि सातदोबाटोमा । साइन बोर्ड लिएर । कार्यकर्ता छैनन् सिद्धिएछन् । आफै उत्रनुभयो ।’  

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया