स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल टेलिकमले बिहीवार (आज) १७ औँ वार्षिकोत्सव मनाएको छ । मुख्य कार्यालय भद्रकालीमा विशेष कार्यक्रम गरेर टेलिकमले वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशैभरि फोर जी विस्तारको काम छिटो सक्न र फाइभ जीको तयारी गर्न निर्देशन दिनुभयो । सेवालाई चुस्त र भरपर्दो बनाउन पनि मन्त्री गुरुङले सुझाव दिनुभयो ।
२०६० सालमा कम्पनीमा रुपान्तरण भएको टेलिकमका अहिले दुई करोड नौ लाख ग्राहक रहेका छन् । ७७ वटै जिल्लाका ६ सय २० वटा पालिकामा फोर जी सेवा पु¥याएको टेलिकमले गएको आर्थिक वर्षमा नौ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।
भ्वाइस सेवातर्फ ५३ दशमलव ६५ प्रतिशत बजार हिस्सा रहेको टेलिकमले गएको मङ्सिरसम्म एक करोड ६४ लाख इन्टरनेट प्रयोगकर्ता रहेको दाबी गरेको छ । देशको ७० प्रतिशत जनसङ्ख्यामा आफ्नो कुनै न कुनै सेवा पुगेको टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।