प्रचण्ड–नेपाल समूहकाे हड्ताल : सयाैँ नेता कार्यकर्ता पक्राउ, दर्जनाैँ गाडी ताेडफाेड, केहीमा आगजनी

 माघ २२, २०७७ बिहीबार १८:४५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीवार गरेकाे हड्तालमा देशभरबाट एक सय ८४ जना पक्राउ परेका छन् ।

हड्तालमा अराजक गतिविधि गर्दै हिँड्ने प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरु पक्राउ परेका हुन् । काठमाण्डौ उपत्यकाबाट मात्रै ८७ जना पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

त्यस्तै हड्तालमा प्रचण्ड–नेपाल समूहले ३० वटा गाडीमा तोडफोड तथा आगजनी गरेका छन् । जसमध्ये दुई वटा सरकारी गाडी छन् भने २८ वटा सार्वजनिक गाडी रहेका छन् । काठमाण्डौको सामाखुशीमा गुडिरहेको ट्याक्सीमा नचिनेकाे मानिसको समूहले आगजनी गरेको छ ।  

काठमाण्डौ महानगरपालिका-२६ मा बिहान साढे ६ बजे प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो  । प्रहरीकाअनुसार आगजनीबाट ट्याक्सी जलेर नष्ट भएको छ ।

केही ठाउँमा सामान्य झडप पनि भएको छ । जनकपुरमा भएको झडपमा ११ जना घाइते भएका छन् । जनकपुरमा भएकाे झडप साम्य पार्न प्रहरीले गाेली नै चलाउनुपरेकाे थियाे । 

नेकपाकाे प्रचण्ड–दाहाल समूहले प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा गरिएका नियुक्ति गैर–संवैधानिक भएकाे भन्दै त्यसकाे विराेधमा बिहीवार हड्ताल घाेषणा गरेकाे हाे । अहिले हड्ताल सकिएकाे र जनजीवन सामान्य हुँदै गएकाे छ ।   

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया