ग्रेटा थनबर्गले भनिन्, ‘म अझै पनि भारतीय किसानको साथमा छु, तिरस्कार र धम्कीबाट पछि हट्दिन’

 माघ २२, २०७७ बिहीबार १९:२५:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्गले आफू अझै पनि भारतीय किसानको पक्षमा भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म अझै पनि किसानको पक्षमा उभिएको छु र उनीहरुको शान्तिपूर्ण प्रदर्शनको पूर्ण समर्थन गर्छु । तिरस्कार, धम्की र मानव अधिकारको उल्लङ्घनबाट मेरो रायलाई परिवर्तन गर्न सकिँदैन ।’

बिहीवार पनि ग्रेटाले भारतीय किसानको समर्थनमा एक ट्वीट गरेका थिइन् । उनले भनेकी थिइन्, ‘म प्रदर्शन गरिरहेका किसानको साथमा छु ।’  

ग्रेटा मात्र होइन, चर्चित पप गायिका रिहानाले पनि बिहीवार किसान आन्दोलनको समर्थनमा ट्वीट गरेकी थिइन् । 

यी ट्वीटपछि भारतमा निकै विवाद भयो । सामाजिक सञ्जालमा ग्रेटा र रिहानाविरुद्ध कैयौँ व्यक्तिले लेखेका छन्, ‘विदेशी नागरिक भारतको आन्तरिक मामिलामा टिप्पणी गरेर मानिसलाई बाँड्ने कोसिस गरिरहेका छन् ।’

भारतको विदेश मन्त्रालयले पनि यस विषयमा विज्ञप्ति निकाल्दै भनेको छ, ‘केही समूह, जसको आफ्नो स्वार्थ छ, यी विरोधमा आफ्नो एजेण्डा लागू गर्ने कोसिस गर्नु दुर्भाग्यपूर्ण छ ।’

यद्यपि केही व्यक्तिले ग्रेटाको ट्वीटको प्रशंसा गरेका छन् । उनीहरुले ग्रेटाले भारतीय किसानको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा लैजान मदत गरेको र यसको बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीले कुरा गर्नुपर्ने बताएका थिए । 

यसअघि भारत सरकारले किसान आन्दोलनको मुद्दामा अन्तर्राष्ट्रिय हस्तीहरुको तर्फबाट गरिएको ट्वीटपछि कसैको पनि नाम नलिइकन टिप्पणी गरेको थियो । सामाजिक सञ्जालमा ठूला हस्तीहरूले जिम्मेवारीपूवर्क व्यवहार गर्नुपर्ने भारतको विदेश मन्त्रालयको तर्फबाट भनिएको थियो ।

भारतमा भइरहेको किसान प्रदर्शनलाई लिएर पप गायिका रिहाना र पर्यावरण ग्रेटा थनबर्गले ट्वीट गरेपछि उनीहरूले विरोधको सामना गर्नुपरेको थियो ।    

भारत सरकारले नयाँ तीन वटा कानुन ल्याएको र ती कानुन व्यापारीको फाइदामा रहेको भन्दै भारतीय किसानहरू महिनौँदेखि आन्दोलनरत छन् ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया