पश्चिमी क्षेत्रमा वर्षा र हिमपात (फोटोफिचर)

 माघ २३, २०७७ शुक्रबार १०:१७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिमी वायुको प्रभावका कारण अहिले पश्चिमी क्षेत्रका धेरैजसो ठाउँमा पानी परिरहेको छ ।

दीपायलमा ८ मिलीमिटर, डडेल्धुरामा ९ दशमलव ७ मिलीमिटर, वीरेन्द्रनगरमा २ दशमलव ७ मिलीमिटर वर्षा भएको छ । 

यस्तै, नेपालगन्जमा ३ दशमलव ८, जुम्लामा ८ दशमलव ३, दाङको घोराहीमा शून्य दशमलव ३ र पोखरामा शून्य दशमलव २ मिलीमिटर पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो। 

यस्तै, अहिले वर्षासँगै कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपात भइरहेको छ ।

लामो समयपछि वर्षा र हिमपात परेपछि किसान दङ्ग परेका छन् । सुदूरपश्चिमको डोटी, बाजुरा र बझाङमा हिमपात भएको छ ।

बाजुराको बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीवार रातिदेखि नै हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।

यस्तै डोटीको लेकाली क्षेत्रका साथै प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गएरातिदेखि हिमपात भएको छ । 

बझाङका दहबगर, काँडा, सुर्मा, लेकगाउँ, मौलाली, मष्टालगायत अन्य अन्य ठाउँहरुमा पनि वर्षा र हिमपात भएको छ । 

हिमपातले डाँडाकाँडा सेताम्य भएका छन् । 

हेर्नुहाेस् हिमपातको दृश्य :

तस्बिर : बिमल विष्ट डाेटी /डीबी विष्ट बझाङ / सीताराम ओझा कैलाली 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया