संयुक्त राष्ट्र सङ्घकाे सुरक्षा परिषद्ले भन्यो, ‘सू चीलाई रिहा गर’

 माघ २३, २०७७ शुक्रबार १३:५२:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घ (यूएन) को सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीलगायत पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न भनेको छ । 

परिषद्ले विज्ञप्ति निकालेर सबै सदस्य राष्ट्रहरूले म्यानमारमा घोषणा गरिएको सङ्कटकाल र सू चीलगायत नेताहरूलाई पक्राउ गरिएको घटनामा गहिरो चासो व्यक्त गरेको भन्दै तत्काल रिहा गर्न भनेको हो ।

परिषद्की अध्यक्ष बार्बरा वुडवार्डले निकालेको विज्ञपप्तमा सुरक्षा परिषद्का सदस्यहरूले म्यानमारको प्रजातान्त्रिक प्रक्रियाको निरन्तरतामा जोड दिएका उल्लेख छ । यसअघि गएको मङ्गलबार बसेको सुरक्षा परिषद्को बैठकले म्यानमारमा भएको सैनिक ‘कू’ को विरोध गर्दै निकाल्न लागेको वक्तव्य चीनले नमानेपछि रोकिएको थियो । राष्ट्र सङ्घको सुरक्षा परिषद्को चीनको भिटो लाग्ने भएकोले विज्ञप्ति रोकिएको हो ।

दुई दिनपछि भने चीन र रूसलगायतका देशले पनि म्यानमारका प्रजातन्त्रवादी नेताहरूलाई रिहा गर्न माग गरेका हुन् । सुरक्षा परिषद्को विज्ञप्तिमा प्रजातान्त्रिक संस्था र प्रक्रियाहरू पालना, हिंसा हुन नदिने, मानव अधिकारको पूर्णरूपमा सम्मान गर्ने, स्वतन्त्रता र कानुनको शासनको आवश्यकतामा जोड दिइएको छ ।

संयुक्त राष्ट्र सङ्घले म्यानमारका नागरिक समाज र मिडियाकर्मीहरूमाथि लगाइएका प्रतिबन्धबारे पनि चिन्ता व्यक्त गरेको छ । म्यानमारको सत्ता हातमा लिँदै त्यहाँको सेनाले एक वर्षको सङ्कटकाल लगाएको छ भने प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका नेताहरुलाई पक्राउ गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया