काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदममा आफूहरू तमासे नबन्ने चेतावनी दिनुभयो । काठमाण्डौमा शुक्रबार बिहान पत्रकारसँगको छलफलमा नेता नेपालले कानुन र विधिको शासन कायम राख्न राज्य कब्जामा लिने ओलीको कदमविरुद्ध सशक्त आन्दोलन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केपी ओलीले जे–जे गर्छन्, खुरु–खुरु मानेर तमासा हेरेर बस्ने वाला छैनौँ । यो सबै स्थितिको सिर्जना गर्ने कारक तत्त्व भनेको केपी ओलीजी नै हो । ओलीले पार्टीबाट सुरु गरेर राज्यलाई आफ्नो कब्जामा पार्ने कोसिस गर्न थालेका छन् । यो पनि गरे र यो सिङ्गो देशको प्रजातन्त्रको घाँटी निमोठ्दै–निमोठ्दै गइरहेका छन् । त्यसैले यो नेकपाभित्रको मात्रै आन्तरिक मामिला होइन । देश, लोकतन्त्र, संविधान, विधि र कानुनी शासनको कुरा हो ।’
संसदीय सुनुवाइ विना नै संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्ने निर्णयविरुद्ध बिहीवार देशव्यापी आम हड्ताल गरेको प्रचण्ड–माधव समूहले आन्दोलनका कारण सर्वसाधरण परेको समस्याप्रति क्षमा माग्दै सफल पार्न सहयोग गरेकोमा उहाँले धन्यवाद पनि दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।