संविधानकाे रक्षा गर्न सर्वाेच्च अदालत गएकाे हुँ : सभामुख सापकाेटा

 माघ २३, २०७७ शुक्रबार १७:५३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शृङ्खलाबद्ध रूपमा संविधानको उल्लङ्घन भएको भन्दै संविधानको रक्षा गर्न सर्वोच्च अदालत गएकाे बताउनुभएको छ ।

सभामुख सापकोटाले शुक्रवार पत्रकार सम्मेलन गर्दै सरकारले शृङ्खालाबद्ध रूपमा संविधान उल्लङ्घन गरेका कारण संविधानको रक्षा, संरक्षण र संवर्द्धनका लागि आफू संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताउनुभएको हो ।

सभामुख सापकोटाले संसदीय सुनुवाइविना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लङ्घन भएको बताउनुभयो । असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरिएका कारण संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन नसक्ने स्थिति भएकाले सबै सक्कल कागज संवैधानिक परिषदमा फिर्ता पठाइएको स्मरण गराउँदै उहाँले संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरीत नियुक्ति गरिनु संविधान विपरीत भएको बताउनुभयो । संवैधानिक परिषद्को निर्णय रहस्यमयी र पारदर्शी नभएको उहाँको भनाइ छ ।

सञ्चारकर्मीहरूको जिज्ञासाको उत्तर दिँदै सभामुख सापकोटाले संसद् बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाह/परामर्श गरिरहेको बताउनुभयो । आफूले जे गरे पनि राष्ट्रको हितमा केन्द्रित भएर गर्ने भन्दै उहाँले आफू विवेकको आधारमा सत्यको अन्वेषण गर्न लागेको जानकारी दिनुभयो । देश र नागरिककाे पक्षमा ठिक छ भन्ने आफ्नो चेतनाले निर्देशित गर्‍याे भने विवेकको आधारमा काम गर्ने सभामुख सापकोटाले बताउनुभयो ।

उहाँले स्वेच्छाचारी ढङ्गले संविधानमाथि खेलबाड गर्दै संविधान विपरीतका कार्यहरू थपिँदै जाँदा भयावह अवस्थाको सिर्जना नहोस् भनि आफ्नो तर्फबाट भगीरथ प्रयत्न जारी राख्ने बताउनुभयो । सभामुख सापकोटाले संवैधानिक आयोगहरूमा भएको नियुक्तिका विरुद्धमा शुक्रवार नै सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गराउनुभएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रकाश

    Feb. 6, 2021, 11:40 a.m.

    जब संबैधानिक परिषद् को बैठक बस्न जान अस्वीकार गर्नुभयो अनि अहिले त्यस बिरूद्ध रिट हाल्ने आधार पदिय मर्यादा ले शोभनिय होला र सम्माननिय ज्यु

  •  0 Reply

तपाईको प्रतिक्रिया