शुक्रवारसम्म १ लाख ७१ भन्दा धेरैले लगाए काेराेना खाेप

 माघ २३, २०७७ शुक्रबार १८:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना खोप अभियानअन्तर्गत नेपालमा अहिलेसम्म (शुक्रवार) एक लाख ७१ हजारभन्दा धेरै नागरिकले खोप लगाएका छन् । 

शुक्रवार बेलुकीसम्म ७७ जिल्लाका दुई सय एक खाेप बुथबाट एक लाख ७२ हजार चार सय ८६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म प्रदेश नम्बर एकमा २३ हजार ८२, प्रदेश नम्बर २ मा २२ हजार सात सय ५६, वाग्मतीमा ५९ हजार नाै सय ४२ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । 

त्यस्तै गण्डकी प्रदेशमा १७ हजार तीन सय १५, लुम्बिनीमा २६ हजार आठ सय ९८, कर्णालीमा आठ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार आठ सय नाै जनाले खोप लगाएका छन् । 

भारत सरकारले अनुदानमा उपलब्ध गराएको काेभिशिल्ड खोप यही माघ १४ गतेदेखि अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । पहिलाे चरणकाे खाेप अभियान शनिवार (भाेलि) सकिने मन्त्रालयले जनाएकाे छ । दाेस्राे चरणसम्बन्धी जानकारी चाँडै उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता गाैतमले बताउनुभयाे ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया