काेराेनाविरुद्धकाे खाेप अभियान : दशाैँ दिनसम्ममा लक्ष्यकाे ४० प्रतिशतभन्दा कमलाई खाेप

 माघ २३, २०७७ शुक्रबार १९:५३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, रासस

काठमाण्डाै – सरकारले पहिलो चरणको काेराेना भाइरसविरुद्धकाे खोप अभियानको दशौँ दिनसम्ममा लक्ष्यको ४० प्रतिशतभन्दा कम मानिसलाई मात्र खोप लगाएको छ ।

१० दिनमा चार लाख ३० हजार मानिसलाई खोप लगाउने लक्ष्यसहित माघ १४ गतेदेखि सुरु भएको खोप अभियानको दशौँ दिन शुक्रवारसम्ममा एक लाख ७१ हजार चार सय ८६ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियान सुरु गर्दा सरकारले १० दिनभित्र देशभर तीन सयभन्दा धेरै खोप केन्द्रमार्फत चार लाख ३० हजारलाई पहिलो चरणको खोप दिने घोषणा गरेको थियो । तर अहिलेसम्म देशका दुई सय एक वटा केन्द्रमा मात्र खोप कार्यक्रम भएको छ ।

अहिलेसम्म प्रदेश नम्बर एकमा २३ हजार ८२, प्रदेश नम्बर २ मा २२ हजार सात सय ५६, वाग्मतीमा ५९ हजार नाै सय ४२ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । 

त्यस्तै गण्डकी प्रदेशमा १७ हजार तीन सय १५, लुम्बिनीमा २६ हजार आठ सय ९८, कर्णालीमा आठ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार आठ सय नाै जनाले खोप लगाएका छन् । 

पहिलो चरणको खोप अभियान शनिवार (भोलि) देखि सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दाेस्राे चरणसम्बन्धी जानकारी चाँडै उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता गाैतमले बताउनुभयाे ।    

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया