‘विप्लव’ समूहलाई मुलधारको राजनीतिमा ल्याउने सरकारको प्रयास

 माघ २४, २०७७ शनिबार ८:३०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास सुरु गरेको छ ।

उनीहरुलाई मूलधारको राजनीतिमा ल्याएर शान्तिपूर्ण वातावरणमा अवतरण गराउने उद्देश्यसहित पछिल्ला प्रयासहरु भइरहेका खानेपानीमन्त्री मणि थापाले बताउनुभयो ।

केही दिनअघि आफूले नख्खु कारागारमा विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीसँग कुराकानी भएको भन्दै उहाँले मूलधारमा आएर प्रतिस्पर्धात्मक राजनीति गर्नुको विकल्प नै नरहेको बताउनुभयो । अबको चुनावमा सबै राजनीतिक दलहरुलाई सहभागी गराउने उदेश्य अनुरुप विप्लव समूहका नेताहरुसँग कुराकानी भइरहेको मन्त्री थापाले उज्यालोलाई जानकारी दिनुभयो ।

नख्खु जेलमा भएको भेटमा नेता ओलीले मूलधारमा आउने ढोका खोलिदिन सरकारसँग आग्रह गर्नुभएको मन्त्री थापाको भनाइ छ । मूलधारमा ल्याउने वातावरण बनाएर सरकारले अभिभावकत्व ग्रहण गर्न खोजेको भन्दै उहाँले भूमिगत शक्तिहरुलाई मूलधारमा ल्याउन खोजिएको बताउनुभयो ।

सरकारले गएको २०७५ सालको फागुन १५ गते विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । यसअघि पनि विप्लव समूहलाई मूलधारमा ल्याउन वार्ता गर्ने भन्दै सरकारले वार्ता सीमित बनाएको थियो । तर त्यो समिति विप्लव समूहलाई वार्तामा ल्याउन सकेन ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया