भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणमा एक इञ्च तलमाथि भए कारबाही हुन्छ : मन्त्री तुम्बाहाङ्फे

 माघ २४, २०७७ शनिबार १४:४७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणमा एक इञ्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यलाई निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले कानुनभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिनुभयो । मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन पनि दिनुभयो ।

आयोगका पदाधिकारी नै सर्वेसर्वा नभएको भन्दै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकार मात्रै रहेको मनन् गर्न र ऐनले तोकेको काम मात्रै गर्न आग्रह गर्नुभयो । सरकारले अघिल्लो हप्ता ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो । मन्त्री तुम्बाहाङ्फेले नौ लाख जना भन्दा बढीलाई जग्गाको लालपुर्जा दिनुपर्ने दायित्व रहेको भन्दै जिम्मेवारीपूर्वक काम गर्न पनि निर्देशन दिनुभएको छ ।  
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया