काठमाण्डौ उपत्यकाका फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ पर्‍याे

 माघ २४, २०७७ शनिबार १६:१२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका फुल्चोकी र चन्द्रागिरी डाँडामा हिउँ परेको छ । आज बिहानदेखि बढेको चिसोका कारण काठमाण्डौ उपत्यका आसपासका डाँडामा सामान्य हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दामनमा पनि हिउँ परेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ । यस्तै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भइरहेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने अनुमान छ । भोलीदेखि भने मौसममा सुधार आउने महाशाखाका मौसमविद्सापकोटाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया