कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा कम

 माघ २४, २०७७ शनिबार १६:२०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ५९ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा दुई लाख ६७ हजार आठ सय १२ जना कोरोना सङ्क्रमणबाट निको भइसकेका छन् । यो कुल सङ्क्रमितको साढे ९८ प्रतिशत भन्दा धेरै हो । आज ९९ जनासहित अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार आठ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज दुई हजार सात सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया