म्यानमारमा सैन्य 'कू' विरुद्ध दिनहुँ हजारौँको प्रदर्शन

 माघ २५, २०७७ आइतबार १३:३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारमा भएको सैन्य 'कू' को विरोधमा आज पनि प्रदर्शन भइरहेको छ ।  

सैन्य 'कू' को विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसी दलको रातो झण्डा तथा बेलुनहरू बोकेका छन् । प्रदर्शन चर्किँदै गएपछि त्यहाँ इन्टरनेट बन्द गरिएको छ ।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्द गरेको भन्दै भत्सर्ना गरेको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना बढ्ने जोखिम बढ्दै गएको एम्नेस्टीको भनाइ छ ।

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको सेनाले म्यानमारमा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ । सुकीको अवस्थाबारे अझैसम्म पनि केही जानकारी दिइएको छैन । सुकीको रिहाइका लागि विश्व समुदायले अपिल गर्दै आएको छ । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया