२४ घण्टामा ११९ जनामा काेराेना सङ्क्रमण

 माघ २५, २०७७ आइतबार १६:३२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप एक सय १९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार नौ सय २५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६० जना निको भएसँगै काेराेना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ६८ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ ।  

अहिले देशभर आइसाेलेशनमा रहनेकाे सङ्ख्या एक हजार आठ सय १५ रहेकाे छ । मन्त्रालयका अनुसार अहिलेसम्म २० लाख ९३ हजार चार सय १७ जनाकाे पीसीआर परीक्षण भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया