बक्याैता बुझाउन एअरलाइन्सलाई निर्देशन

 माघ २६, २०७७ सोमबार १३:२२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षाैँदेखि करोडौँ बक्यौता नतिर्ने एअरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ । क्यानले साेमवार (आज) सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एअरलाइन्सले क्यान र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो । क्यानका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११ एअरलाइन्सले नौ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।

एअरलाइन्सले क्यानलाई बुझाउनुपर्ने रकम पटक–पटक सूचना गर्दा पनि नबुझाएकाले फेरि सूचना जारी गर्दै बन्द भएका एअरलाइन्सका सञ्चालकलाई तत्काल बाँकी रकम भुक्तान गर्न निर्देशन दिएको हो । उनीरूलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा रकम र नियमअनुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाउन भनिएको छ ।

यदि प्राधिकरणले निर्धारण गरेको रकम तिर्न नपर्ने कुनै प्रमाण भएमा त्याेसमेत पेस गर्न आग्रह गरिएको छ । तोकिएको समयमा पनि हिसाब मिलान वा रकम बुझाउन नआएमा सञ्चालकलाई कालोसूचीमा राखिने प्राधिकरणले चेतावनी दिएको छ । कालोसूचीमा परेका सञ्चालकले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने प्राधिकरणले उल्लेख गरेको छ ।

सबैभन्दा धेरै नेकोन एअरको बक्यौता चार करोड ७० लाख ६० रुपैयाँ छ । त्यस्तै कस्मिक एअरको तीन करोड ४७ लाख रुपैयाँ बाँकी रहेको छ । त्यस्तै शिवानी एअरको ५५ लाख ५१ हजार,  गोरखा एअरको २० लाख, कर्णाली एअरको १७ लाख ४६ हजार, माउन्टेन एअरको १७ लाख ४६ हजार, साङ्ग्रिला एअरको १५ लाख ३७ हजार, स्काइलाइन एअरको १५ लाख ५० हजार, एअर काष्टमण्डपको सात लाख ३८ हजार, नेपाल एअरवेजको पाँच लाख ५० हजार र अल्पाइन एयरको ७२ हजार रुपैयाँ रहेको छ । अहिले नेपालमा १० हेलिकप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायक कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया