आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै

 माघ २७, २०७७ मंगलबार ७:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ ।

अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन यो वर्ष नेपालसहित १७० भन्दा धेरै देशमा यो दिवस मनाउन लागिएको छ ।

यो दिवस विश्वभर हरेक फेब्रुअरीको पहिलो हप्ता मनाउने गरिन्छ । बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्ने उद्देश्यले नेपालमा सन् २०१९ देखि सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको हो ।

नेपालमा यो वर्ष सुरक्षित इन्टरनेट दिवस मनाउन राष्ट्रिय समन्वय समितिसमेत गठन गरिएको छ । बालबालिका र युवाका लागि अनलाइन दुर्व्यवहार र शोषणबाट सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन तथा साझेदार संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै आएको छ ।

सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन बालबालिकाकोे लागि काम गर्ने संघसंस्थाले अपिल भिडियो, पोडकास्ट, युट्युब, भ्लग, सोसल मिडिया पोष्ट, डिजिटल पोस्टर र बालमैत्री सञ्चार सामग्री उत्पादन र प्रचार गरी सुरक्षित इन्टरनेट दिवस मनाउने योजना बनाएका छन् ।

यसकासाथै साइबर सुरक्षाबारे प्रशिक्षण, प्यानल छलफलहरू पनि सञ्चालन हुने भएका छन् ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया