प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा खाना महोत्सव हुने
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - दुर्लभ र कम मात्रै देखिने गरेका चरा नेपालमा भेटिएका छन् । यसअघि कमै मात्र देखिने गरेको र त्यो पनि एउटा मात्रै भेटिने गरेकामा अहिले भने दुई वटा भेटिएको चराविद्ले बताएका छन् ।
देशका विभिन्न ठाउँमा अहिले चरा गणना भइरहेको छ । यसै क्रममा दुर्लभ चरा भेटिएका चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपालमा कमै मात्र देखिने म्यान्डरिन डक्स नाम गरेको हाँस र बैकाल तिल हाँस भेटिएको हो । पोखराको फेवातालमा म्यान्डरिन डक्स र सुनसरीको बर्जु तालमा बैकाल तिल हाँस देखिएको हो ।
म्यान्डरिन डक्स यसअघि नेपालमा आक्कलझुक्कल एउटा मात्रै देखिने गरेकोमा यसपालि दुई वटा भेटिएको पनि चराविद् डाक्टर हेमसागर बरालले बताउनुभयो । यी दुई प्रजातिका हाँस नेपालमा पाँच पटकभन्दा कम देखिने चराको सूचीमा सूचीकृत छन् । म्यान्डरिन चीनबाट र बैकाल तिल हाँस साइबेरियाबाट नेपाल आएका चरा हुन् ।
फिरन्ते यी चरा चिसो छल्न त्यहाँबाट नेपाल आएका चराविद्ले बताएका छन् । यसैबीच नेपालको रैथाने जातको नकटा हाँस सङ्कटमा परेको छ । यसअघि मेचीदेखि महाकालीसम्मका जुनसुकै तालतलैयामा भेटिने गरेको यो हाँस अहिले सङ्कटमा परेको चराविद् डाक्टर हेमसागर बरालले बताउनुभयो ।
यो प्रजातिको हाँस अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै भेटिने गरेको पनि उहाँले जानकारी दिनुभयो । यो हाँस नेपालको रैथाने जातमा सबैभन्दा ठूलो हाँस हो । यसलाई अङ्ग्रेजीमा कम्ब डक पनि भनिन्छ । चराविद् डा. हेमसागर बरालकाअनुसार पश्चिममा घोडाघोडी ताल, शुक्लाफाँटाका तालहरुमा यसले बच्चा कोरल्ने गर्छ ।
नेपालको तराईमा बच्चा कोरल्नेमध्येको यो सबैभन्दा ठूलो हाँस हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।