ताप्लेजुङ केन्द्रबिन्दु भएर ५‍.४ रेक्टर स्केलको भूकम्प

 माघ २७, २०७७ मंगलबार १०:४४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ । 

बिहान ७ बजेर ३५ मिनेटमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महशुस गरिएको स्थानीय बासिन्दा विवश केदेमले जानकारी दिनुभयो । ओलाङचुङ्गोलामा भूकम्पले भौतिक संरचनाहरु हल्लाए पनि क्षति भने नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया