तातोपानी नाका फेरि सञ्चालनमा आयाे

 माघ २७, २०७७ मंगलबार १७:२२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – नेपाल र चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी मङ्गलवारदेखि फेरि सञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पुर्‍याएकाे मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन हप्ताका लागि याे नाका बन्द गरेको थियो । 

नाका सञ्चालनमा आएसँगै मङ्गलवार बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकाले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ ।

चीनबाट अब व्यापारिले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक बन्द नभएमा ती सामान चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ ।

भित्रिएका सामान जाँच गर्न सामान धनी आएपछि मात्र सुरु गरिने हुँदा एक दुई दिन समय लाग्ने र त्यसपछि मात्र काठमाण्डाै भित्रिने बताइएको छ । आयातित सामानमा धेरैजसाे स्याउ, तयारी पोसाक, जुत्ता–चप्पल, मास्क तथा जलविद्युत् आयोजनाका यान्त्रिक सामान रहेको बताइएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया