प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दै

 माघ २८, २०७७ बुधबार ८:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दैछ ।

दिउँसो १२ बजे भृकुटीमण्डपमा विरोधसभा गर्नु अघि काठमाण्डौका विभिन्न ठाउँबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

यो समूहको केन्द्रीय सङ्घर्ष समितिले पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निस्कने जनाएको छ  । प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा  प्रदर्शन गरेको थियो भने २२ गते आमहड्ताल गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै बैशाख १७ र २७ गते चुनावको घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । तर, निर्वाचन आयोगले भने यसलाई मान्यता दिएको छैन । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया