आज पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने

 माघ २८, २०७७ बुधबार ८:२५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको  मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

काठामाण्डौ र आसपासका क्षेत्रमा भने पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आँशिकदेखि समान्य बदली भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया