प्रणय दिवसको अवसर पारेर चितवनको सौराहामा खाना महोत्सव हुने
माघ २६, २०८१ शनिबार
काठमाण्डौ – नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ ।
पुतली सडक, पद्माेदयमोड, डिल्लीबजार, कालिकास्थान, कालिमाटी, कृष्ण पाउरोटी, लोत्सेचोक लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । यी चोकहरुमा मुख्य गरी ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहान साढे ८ बजेदेखि सार्बजनिक र निजी चार पाङ्ग्रे गाडीलाई चक्रपथ भित्र प्रवेशमा रोक लगाइएको छ ।
यस्तै, घण्टाघरबाट पनि गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाण्डौको भृकुटीमण्डपमा दिउँसो १२ बजे हुने विरोध सभा अघि ठाउँ ठाउँबाट जुलुस र र्याली निस्कन थालेकाले जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन , इन्द्रचोक, पुतलीसडक लगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी भइरहेको प्रचण्ड– नेपाल समूहले जनाएको छ ।
प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा प्रदर्शन गरेको थियो भने २२ गते आमहड्ताल गरेको थियो । यस्तै गएको २३ गते प्रधानमन्त्री केपी शर्मा ओली समूहले शक्ति प्रदर्शन गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै वैशाख १७ र २७ गते चुनावको घोषणा गरे पछि नेकपा दुई समूहमा विभाजित भएको छ । तर, निर्वाचन आयोगले भने यसलाई मान्यता दिएको छैन । दुई समूहको विवाद र यस पछि भईरहेको प्रदर्शनले नागरिक भने मर्कामा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।