प्रचण्ड–माधव समूहकाे र्‍याली (तस्बिरहरू)

 माघ २८, २०७७ बुधबार १६:२७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनकाे विराेधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहले बुधवार काठमाण्डाैमा जुलुस र र्‍यालीसहित विराेध सभा गरेकाे छ । गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटन भएयता याे समूहले विभिन्न विराेधका कार्यक्रम गर्दै आएकाे छ । 

नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण चक्रपथ भित्र ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । बिहानैदेखि चक्रपथ भित्र चारपाङ्ग्रे गाडीलाई प्रवेश निषेध गरिएको छ ।

प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा  प्रदर्शन गरेको थियो भने २२ गते आमहड्ताल गरेको थियो । 

विराेधकाे शैली फेर्न नागरिकले पटक–पटक आग्रह गर्दा पनि पार्टीहरूले त्यसलाई वास्ता नगर्दा यस्तै प्रदर्शनका कारण सडक अस्तव्यस्त बन्दै आएकाे छ, नागरिकले दुःख पाउँदै आएका छन् । 

 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया