जोए रुट टेस्ट वरीयताको तेस्रो स्थानमा, विराट कोहली पाँचौँमा झरे

 माघ २८, २०७७ बुधबार १६:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डौ – इङ्ग्ल्याण्डका कप्तान जोए रुट टेस्ट क्रिकेट वरीयताको तेस्रो नम्बरमा पुगेका छन् । भारतसँग भएको पहिलो टेस्टमा दोहोरो शतक प्रहार गरेका रुटले भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष तीनमा पुगेका छन् । रुटको ८८३ रेटिङ प्वाइन्ट छ ।

भारतका कप्तान विराट कोहली भने वरीयताको पाँचौँ स्थानमा झरेका छन् । कोहलीको ८५२ रेटिङ प्वाइन्ट छ । सन् २०१७ पछि कोहली पहिलो पटक आईसीसी टेस्ट वरीयतामा रुटभन्दा पछि परेका हुन् ।

वरीयतामा ९१९ रेटिङ प्वाइन्टका साथ न्युजिल्याण्डका केन विलियमसन पहिलो स्थानमा, ८९१ रेटिङ प्वाइन्टका साथ अस्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा र ८७८ रेटिङ प्वाइन्टका साथ अस्ट्रेलियाकै मार्नस लाबुशेन चौथो स्थानमा छन् ।

बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्स ९०८ रेटिङ प्वाइन्टका साथ पहिलो स्थानमा छन् भने अलराउण्डरतर्फ इङ्ग्ल्याण्डका बेन स्टोक ४२८ प्वाइन्टका साथ वरीयताको शीर्ष स्थानमा छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया