‘प्रधानमन्त्री ओलीले संविधानकाे धारामा कालाेमसी पाेतेर फाँसीवादकाे अभ्यास गरिरहेका छन्’

 माघ २८, २०७७ बुधबार १८:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको बताउनुभएको छ । नेपाल नेकपा प्रचण्ड–माधव समूहले बुधवार काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विकासको नारा दिएर, संविधान र लोकतन्त्रलाई उपहास गरेर, संविधानलाई औपचारिक रूपमा खारेज नगरिकन संविधानको धारा र अक्षरहरूमा कालोमसी पोतेर, लोकतन्त्रको हत्या गरेर फाँसीवादको अभ्यास गरेको उहाँको भनाइ छ । प्रवक्ता श्रेष्ठले कुनै पनि हालतमा फाँसीवाद नसहने भन्दै त्यसलाई परास्त गर्ने बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले लोकतन्त्रवादीहरू चुनावको पक्षमा भए पनि संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने संविधान विरोधी चुनाव आफूहरूलाई नचाहिएको बताउनुभयो । लोकतन्त्रलाई प्रभावकारी बनाउन, लोकतन्त्रलाई सुदृढ तथा कार्यकारी बनाउन चुनाव चाहिने उहाँको भनाइ छ । लोकतन्त्रको ध्वसं गर्ने तथा लोकतन्त्रको हत्या गर्ने चुनाव प्रतिगमन विरोधी आन्दोलन सफल बनाएर खारेज गर्ने उहाँको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले प्रतिगमनविरुद्ध संयुक्त सङ्घर्ष गर्न पहलकदमी गरिरहेको भए पनि त्यसो हुन नसकेको बताउनुभयो । तर केपी ओलीको गुटबाहेक सबै आन्दोलनमा रहेको उहाँको भनाइ छ ।

आन्दोलनले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने कुरा सुनिश्चित भएको उहाँले दाबी गर्नुभयो । उहाँले पार्टीले जनाएका प्रतिबद्धताहरू केपी ओलीको निरङ्कुश, स्वेच्छाचारिताको कारणले समृद्धिको सपना पूरा गर्न नसकेको बताउनुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया